अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रश्न उठेपछि अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

गत  जेठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश भइ बजेटमा करको दर हेरफेर गरिएको समाचार प्रकाशित भएपछि एमालेले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने दबाब दिँदै आएको थियो  ।

सत्ता र प्रतिपक्षको यस विषयमा निष्पक्ष छानविनका लागि मार्गप्रशस्त गर्न अर्थमन्त्रीमाथि दबाब थियो ।

अर्थमन्त्रीको राजीनामाबारे मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बुधबार विहान माओवादी केन्द्रको शीर्ष नेताको बैठकमा अर्थमन्त्रीलाई राजीनामा दिन सुझाइएको थियो ।


Published :२२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media