सर्वसाधारणका लागि हेवाखोला हाइड्रोको आईपीओ खुला

काठमाडौँ । अपर हेवाखोला हाइड्रोपावरले आज सर्वसाधारणका लागि आईपीओको बिक्री खुला गरेको छ ।

कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर बिक्री खुला गरेको हो ।

यसमध्ये ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

सो सेयरमा आवेदन असार २९ गतेसम्म दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

 


Published :२४ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media