दक्षिण अफ्रिकाको मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु, ११ जना घाइते

जोहानेसबर्ग । स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १४ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन् । शनिबार राति र आइतबार बिहान भएको गोलाबारीमा घाइते भएका ११ जनालाई अस्पताल पुर्याएको प्रहरीले आइतबार जनाएको हो ।

प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका र अन्य दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रमुख इलियास मावेलाले बताए । राजधानीको दक्षिणपूर्वमा पर्ने सोवेटो जोहानेसबर्गको सबैभन्दा ठूलो शहरी क्षेत्र हो । (रासस/एएफसी)


Published :२६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media