सुदूरपश्चिममा आव २०७९/०८० को बजेटको सत्तारुढ दलकै विरोध, सांसद र मन्त्रीबीच चर्काचर्की

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को बजेटको सत्तारुढ दलकै प्रदेशसभा सदस्यले विरोध गर्नुका साथै चर्काचर्की परेको छ । चर्काचर्की गर्न थालेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक आइतबार पनि स्थगित भएको छ ।

सुदूरपश्चिम प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तारुढ दलकै सांसदहरुले संशोधन हुनुपर्ने माग गर्दै बजेटमाथिको छलफल अस्वीकार गरे । त्यसक्रममा दलका सांसद र आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलबीच चर्काचर्की नै भएको थियो । कार्यव्यवस्था परामर्श समितिमा सहमति नजुटेपछि आइतबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभ बैठक स्थगित भएको हो ।

गत असार १ गते आर्थिक मामिलामन्त्री रावलले प्रदेशसभामा प्रस्तुत गरेको बजेट सत्तारुढ दलकै सांसदहरुले संशोधनको माग गरेपछि अहिलेसम्म छलफल हुन सकेको छैन । असार मसान्तभित्र अगामी वर्षको बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताका कारणले समय घर्किदै गएपछि आर्थिक मामिला मन्त्री र सरकार दबावमा परेका छन् ।


Published :२६ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media