७७ अङ्कले घट्यो शेयर बजार

काठमाडौँ । सेयर बजार परिसूचक नेप्सेमा आज ७७ अङ्कले घटेको छ ।  कारोबार खुलेको केही घण्टामा नै ५० अङ्कमाथिले घटेको बजारमा अन्तिम समयसम्म अधिकतम ७७.०१ अङ्कले घट्दै १९१५.६१ अङ्कमा झरेको हो ।

यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १३.०३ अङ्कले घट्दै ३६६.८६ अङ्कमा झरेको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ ।

सबैभन्दा बढी आज ट्रेडिङ समूहको उपसूचक ५.७८ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको उपसूचक ५.७३ प्रतिशतले र हाइड्रोपावर समूह ५.१९ प्रतिशतले घट्न पुगेको छ ।

यस्तै, जीवन बीमा समूह ४.५४ प्रतिशतले, फाइनान्स समूह ४.५१ प्रतिशतले, डेभलपमेन्ट बैंक समूह ४.४५ प्रतिशतले र इन्भेष्टमेन्ट समूह ४.३१ प्रतिशतले घटेका छन् । अन्य उपसूचकहरु ३ प्रतिशत तलले घटेका छन् ।

अधिकतम ७७ अङ्कले घटेको बजारमा आज २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन २ प्रतिशतभन्दा माथि कुनै कम्पनीको सेयर मूल्य वृद्धि हुन सकेन । अधिकांश कम्पनीको मूल्य घट्न पुगेको छ ।


Published :२७ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media