उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने

काठमाणडौं । लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न सङ्घीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् । उपसभामुखका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको सुचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आब्हान गर्ने र ३१ असारमा बस्ने बैठकवाट उपसभामुख चयन गर्ने तालिका तय भएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा दिएपछि झन्डै २ बर्षदेखि उपसभामुख खाली रहेको छ ।


Published :२९ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media