गठबन्धनका तर्फबाट उपसभामुखमा पुष्पा भुसालको उम्मेद्वारी

काठमाडौं । प्रतिनिधिसभाको रिक्त उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालको मनोनयन दर्ता भएको छ ।

माओवादीका प्रमुख सचेतक देव गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा भुसालको उम्मेदवारी दर्ता भएको हो । मनोनयन दर्ता सकिएपछि आजै दिउँसो १:३० बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको रहेको छ ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media