एमालेबाट उपसभामुखमा विद्या भट्टराईको उम्‍मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट विद्या भट्टराईको पनि उम्‍मेदवारी दर्ता भएको छ ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्णभक्त पोखरेलको समर्थनमा भट्टराईको उम्मेदवारी दर्ता भएको हो । यसअघि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेद्वारी दर्ता गराइसकेकी छन् ।


Published :३० असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media