आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।

आजको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफल जारी रहनेछ ।

यसअघि सरकारले ल्याएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिएको थियो । उक्त विधेयक संसद र संसदीय समितिमा छलफल सकेर निर्णयार्थ प्रस्तुत गर्ने अवस्थामा रहेका बेला फिर्ता लिएको भन्दै सांसदहरुले कडा रुपमा टिप्पणी एवं आलोचना गरेका थिए ।

 


Published :३१ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media