निर्वाचन नजिकिएसँगै बाह्य शक्तिको चलखेल बढेको कमल थापाको दाबी  

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले देशमा संसदीय निर्वाचन नजिकिएसँगै बाह्य शक्तिको चलखेल बढेको दाबी गरेका छन् ।

शनिबार बिहानै सामाजिक सञ्जालमार्फत् थापाले महाशक्ति राष्ट्रहरु आफू अनुकूल कठपुतली तयार गर्ने होडमा रहेको आरोप लगाए । देशमा राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा रहेको उनले बताए ।

सामाजिक सञ्जालमा थापाले लेखेका छन्- ‘संसदीय ​ चुनाव नजिकिँदै गर्दा बाह्य शक्तिहरूको चलखेल बढेको छ। महाशक्तिहरु आफ्नो अनुकूल ‘कठपुतली’  तयार गर्ने होडमा लागेका छन् । दिल्ली, बेइजिङ र वाशिंगटनमा पानी पर्दा काठमाडौँमा छाता ओढ्ने जमात खोज्दै छन् । राष्ट्रवादी शक्ति निरीह बन्ने खतरा छ । नेपाली जनता सचेत बनौँ, अझै केही राष्ट्रवादी जिउँदै छन् ।’


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media