आफ्नै सरकारको बचाउ गर्न सक्ने अवस्था नरहेको गगन थापाको भनाइ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नै पार्टी नेतृत्वको सरकारको बचाउ गर्न सक्ने अवस्था पनि नरहेको बताएका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा शनिबार आफ्नो धारणा राख्दै उनले विगतमा एमाले सरकारको तीव्र आलोचना गरेका आफूहरुलाई अहिले आफ्नै सरकारको बचाउ गर्न समेत गाह्रो भएको बताए ।

उनले भने- ‘हिजो सरकार कसरी चलाउने हामीले भन्यौं ? आज हामीले प्रतिरक्षा गर्ने अवस्था छ तर आफ्नो सरकारको बचाउ गर्न सक्ने अवस्थामा हामी छैनौं । हिजोको प्रश्नले आज हामीलाई लखेटिरहेको छ ।’

पार्टीले अर्थ मन्त्रालय आफ्नो भागमा नराखेर गल्ती गरेको उनको भनाइ थियो ।


Published :३२ असार २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media