प्रचण्डको भारत भ्रमणले नेपालको कच्चा कूटनीति उदांगो: भीम रावल

राष्ट्रपाटी न्युज

२ श्रावण २०७९

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणले नेपालको कच्चा कूटनीति उदांगो भएको टिप्पणी गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रचण्डको भेट नभएको विषयलाई लक्षित गर्दै उनले नेपालीको स्वाभिमानमा आँच पुगेको बताए ।

सोमवार सामाजिक सञ्जालमार्फत् उनले उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिले नै तय गरिने भन्दै प्रचण्ड आफैंले भेट हुन सकेन भनी भनेकोमा आश्चर्य प्रकट गरे ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं ‘प्रचण्ड’ जीले भनेको सुनियो, कति निरिह, स्वाभिमानहीन र कच्चा कूटनीति ! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔं !’

भीम रावलले प्रचण्डको भ्रमणलाई ‘झुकनीतिको आशे र दासे प्रवृत्ति’ भनेका छन् । उनले प्रचण्डको भ्रमणबाट देशले के उपलब्धि पायो भनी मूल्यांकन गर्न जरुरी रहेको बताए ।

 


Published :२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media