गठबन्धनको कुनै भरोसा नभएको माधव नेपालको भनाइ

राष्ट्रपाटी न्युज

४ श्रावण २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनको कुनै भरोसा नभएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताए । आफ्नो आधार र शक्ति बनाउन नसक्नेहरु अरुको आशामा बाँच्नुपर्दो रहेछ भन्ने उनको स्वीकारोक्ति थियो ।

अध्यक्ष नेपालले आफ्नै तयारी गरेको भए हामीले थप जित्न सक्ने जिकिर गरे । ‘आफ्नै खुट्टामा उभिन सकेको भए पार्टी थप बलियो हुन्थ्यो । यी विषयमा कमजोरी भए’ उनले भने, ‘कतिपयले धोका दिए, सहमति कायम भएन । पार्टीभित्रै अन्तर्घात पनि भयो । कतिपयको ध्यान हाम्रो साइज घटाउने कुरामा गयो ।’

आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपयको दलहरुको निदहराम भएको उनले बताए ।


Published :४ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media