नागरिकता विधेयक पारित गर्ने तयारी

राष्ट्रपाटी न्युज

६ श्रावण २०७९

काठमाडौँ । सरकारले आज प्रतिनिधि सभामा नागरिकता विधेयक पारित प्रक्रिया अघि बढाउने भएको छ ।

यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर नयाँ विधेयक दर्ता गराएको सरकारले यसमा छलफल गरी पारित गर्ने तयारी गरेको हो ।

त्यसका लागि आज दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । आजको बैठकका लागि सार्वजनिक सम्भावित कार्यक्रममा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफल सदनमा गरियोस्’, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने उल्लेख गरिएको छ ।


Published :६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media