‘चिया पार्टी’ को नाम परिवर्तन, अब पुनर्जागरण परिवर्तन पार्टी नेपाल हुने

राष्ट्रपाटी न्युज

६ श्रावण २०७९

काठमाडौँ । निर्वाचन आयोगले दर्ता नगरी फर्काइदिएको ‘चिया पार्टी’ को नाम परिवर्तन गरेर पुनर्जागरण परिवर्तन पार्टी नेपाल बनाइएको छ ।

पार्टीको झण्डामा फिनिक्स चराको पृष्ठभूमिमा रातो, पहेँलो र हरियो रंग राखिएको छ ।

महासचिव रविकिरण हमालका अनुसार श्यामबाबु गौतम अध्यक्ष रहेको सो दलमा २१ जना केन्द्रीय सदस्य रहेका छन् । पार्टीको चुनाव चिन्ह भने ‘वाईफाई’ को संकेत राखिएको छ ।

ज्ञान, विज्ञान र विचारको उच्चतम प्रयोग गरेर विकास गर्दै मानव सभ्यतालाई सर्वोत्कृष्ट बनाउने पार्टीको उद्देश्य रहेको महासचिव हमालले जानकारी दिए । पार्टीको कार्यालय काठमाडौंको केएल टावरको पाँचौँ तलामा राखिएको छ ।


Published :६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media