एमाले अध्यक्ष ओलीले गरे पुष्पलालको शालिकमा माल्यार्पण

राष्ट्रपाटी न्युज

७ श्रावण २०७९

काठमाडौँ  । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ ।

यसै अवसरमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गरेका छन् ।

काठमाडौँस्थित ताम्सिपाखामा पुगेर उनले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा शालिकमा माल्यार्पण गरेका हुन् ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

२००५ सालमा पुष्पलालले मार्क्स र एंगेल्सद्वारा लिखित विश्व कम्युनिष्ट पार्टीको घोषणापत्रलाई नेपालीमा उल्था  गरेका थिए । त्यसको एक वर्षपछि पुष्पलालले विसं २००६ वैशाखमा चारजना साथी निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।

राणा विरोधी आन्दोलनमा शहीद भएका गङ्गालाल श्रेष्ठका माइला भाइ उनी दाजुको हत्या भएपछि १५ वर्षकै उमेरमा राणा शाहीविरोधी आन्दोलनमा सक्रिय रहेका थिए ।


Published :७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media