डब्लुएचओद्वारा स्वास्थ्य संकटकाल घोषणा

राष्ट्रपाटी न्युज

८ श्रावण २०७९

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।​ मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकाल घोषणा गरेको हो ।

डब्लुएचओको शनिबार बसेको बैठकमा महानिर्देशक डा. टेड्रोस अड्हानोम गेयब्रेसेसका अनुसार ७५ देशमा १६ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको भन्दै आपतकाल घोषणा गरिएको जनाएका छन् । डब्लुएचओका अनुसार मंकीपक्सका कारण हालसम्म विश्वभर कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ ।

संक्रमण देखिएका देशमा यसको प्रकोप रोक्न र जोखिममा परेकाहरूलाई बचाउन आवश्यक कदम चाल्न जरुरी डब्लुएचओले जनाएको छ । (एजेन्सी)


Published :८ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media