घट्यो सुनचाँदीको मूल्य

राष्ट्रपाटी न्युज

१० श्रावण २०७९

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको हो ।

सोमबार प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ९४ हजार २०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ७०० रुपैयाँ छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ थियो ।

यसैगरी,  म‌ंगलबार चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार १५० रुपैयाँ कायम भएको छ । जुन, सोमबार चाँदी प्रतितोला एक हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।


Published :१० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media