चार दलले गरे एमसीसी र एसपीपीविरुद्ध आन्दोलनको घोषणा

राष्ट्रपाटी न्युज

१० श्रावण २०७९

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायतका विभिन्न चार राजनीतिक दलले एमसीसी र एसपीपीविरुद्ध आन्दोलनको घोषणा गरेका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेलको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजीत बुढाथोकीको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनीहरुले एमसीसी र एसपीपीविरुद्ध आन्दोलनमा उत्रिएको जानकारी दिएका हुन् ।

उनीहरुका अनुसार १३ साउनमा देशव्यापी कोणसभा, १५ साउनमा देशव्यापी मसाल जुलुस, १८ साउनमा काठमाडौंमा अन्तरक्रिया र २१ साउनमा प्रदेश सदरमुकाम र काठमाडौंमा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

यसपछि उच्चस्तरको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरिने उनीहरुले जानकारी दिएका छन् ।


Published :१० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media