स्थानीय निर्वाचनमा आयोगले ग-यो पाँच अर्ब चार करोडभन्दा बढी खर्च

राष्ट्रपाटी न्युज

१० श्रावण २०७९

काठमाडौँ । वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पाँच अर्ब चार करोड तीन लाख ९२ हजार ८७६ रुपैयाँ खर्च भएको छ । निर्वाचन आयोगले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवस्थापकीय क्षेत्रमा सो रकम खर्च भएको जानकारी गराएको हो । निर्वाचनको सुरक्षासम्बन्धी खर्च अलग्गै छ ।

आयोगका अनुसार स्थानीय तह निर्वाचनमा प्रति मतदान केन्द्र खर्च दुई करोड २९ लाख ५९८ रहेको छ । त्यस्तै प्रति मतदाता खर्च भने २८४ रहेको छ । आयोगका अनुसार यो खर्च २०७४ सालको स्थानीय तह निर्वाचन, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको भन्दा कम हो ।

०७४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा निर्वाचनमा आयोगले सात अर्ब ८० करोड १४ लाख ४९ हजार १२१ रुपैयाँ खर्च गरेको थियो । त्यस्तै स्थानीय तह निर्वाचनमा सात अर्ब १५ करोड ७७ लाख १९ हजार ९६२ रुपैयाँ खर्च गरेको थियो ।


Published :१० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media