थप ५६४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

राष्ट्रपाटी न्युज

११ श्रावण २०७९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५६४ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार ४५४ जनामा गरिएको परीक्षणमा ५४६ जना संक्रमित थपिएका हुन् ।

दुई हजार ७७८ पीसीआर परीक्षणमा ४१८ र एक हजार ६७६ एन्टिजेन परीक्षणमा १४६ जना संक्रमित देखिएका हुन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २०२ रहेको छ । त्यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ ।

नेपालमा हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या तीन हजार ९२९ पुगेको मन्त्रालयले जनाएको छ ।


Published :११ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media