काठमाडौं । सिसडोल–बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सधैंका लागि फोहोर फाल्न नदिने स्थानीयवासीले घोषणा गरेका छन् ।
बिहीबार पत्रकार सम्मेलन गर्दै काठमाडौं उपत्यकाको फोहोर डम्पिङ गर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिले १ भदौदेखि सधैंका लागि उपत्यकाको फोहोर फाल्ने नदिने घोषणा गरेको हो ।
महानगरले सम्झौताअनुसार काम नगरेको, उपत्यकाको अन्य स्थानमा ल्यान्डफिल साइट खोजेर बञ्चरेडाँडावासीलाई बेवास्ता गर्न खोजेको भन्दै समितिले फोहोर फाल्न नदिने घोषणा गरेको सरोकार समितिले जानकारी दिएको छ ।
समितिले यो विषय प्रधानमन्त्री कार्यालय, सहरी विकास मन्त्रालयमा समेत जानकारी गराइसकेको जनाएको छ ।