एसईईको प्राप्तांक चित्त नबुझे पुनर्योग गर्न पाइने

राष्ट्रपाटी न्युज

१३ श्रावण २०७९

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ को परीक्षामा प्राप्तांक (ग्रेड) चित्त नबुझे पुनर्योग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत ‘परीक्षा नियन्त्रण कार्यालय कक्षा १०’ ले सूचना जारी गरी आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योगका लागि परीक्षार्थीलाई तोकिएको ढाँचामा साउन २७ भित्र निवेदन दिन आह्वान गरेको हो ।

शिक्षक विकास तथा समन्वय एकाइ वा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० मा सोझै निवेदन दिन सकिनेछ ।

निवेदन दस्तुर ५ सय रुपैयाँ लाग्ने कार्यालयले जनाएको छ । २०७८ सालको एसईईको नजिता बुधबार सार्वजनिक गरिएको थियो ।

 


Published :१३ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media