पहिरोले नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

चितवन । लगातारको वर्षाले पहिरो खस्दा नारायणगढ-मुग्लिन र पृथ्वी राजमार्ग अवरुद्ध बनेका छन् । सोमबार राति ११ बजेदेखि सडक अवरुद्ध भएका हुन् ।

नारायणगढ-मुग्लिन सडकअन्तगर्तको भरतपुर महानगरपालिका-२९ केराबारी र सत्रकिलोमा खसेको पहिरो पन्छाउने काम भइरहेको छ ।

इच्छाकामना गाउँपालिका-६ को २ र ३ नम्वर पुलको बीचमा खसेको पहिरो पन्छाएर सकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रविन विष्टले बताए ।

पृथ्वी राजमार्गअन्तर्गत ईच्छाकामना-३ कुरिनघाटमा बिहान ८:५० बजे खसेको पहिरो पन्छाउने काम सुरु भएको उनले जानकारी दिए । पहिरोले राजमार्ग दुवैतर्फ अवरुद्ध भएको छ । लोडरको प्रयोग गरेर बाटो खुलाउने प्रयास भइरहेको उनले बताए ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको टोलीले सडक विभागसँग समन्वय गरी बाटो खुलाउने प्रयास गरेको हो । लगातार पानी परिरहेकाले अन्य स्थानमा पनि पहिरो जाने जोखिम रहेकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media