दूषित गठबन्धन सफल भए मुलुक असफल हुन्छ: सीपी मैनाली

राष्ट्रपाटी न्युज

१७ श्रावण २०७९

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले गठबन्धनका नेता लाज पचाएर लम्पसारवादी भइसकेकाले देश जोगाउन एमालेको नेतृत्वमा प्रतिपक्षी मोर्चा बनाउनुपर्ने बताएका छन् ।

तुलसीलाल अमात्य स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव मैनालीले यस्तो बताएका हुन् । उनले सत्तारूढ पाँच दलीय गठबन्धनको उद्देश्य पूरा हुन नपाउने भन्दै दूषित गठबन्धन सफल भएमा मुलुक असफल हुने दाबी गरे ।
‘अहिले एउटा चर्चित गठबन्धन छ । आफूलाई बाम लोकतान्त्रिक गठबन्धन भन्छ, अरू केही बामलाई त्यहाँ निषेध गरिन्छ,’ उनले भने- त्यो गठबन्धनका प्रमुख एक अगुवा मित्रले भन्नुहुन्छ, हामी दोस्रो पार्टी बन्छौँ । पहिलो को बन्छ भन्दा नेपाली काँग्रेस ।’
नेपाली काँग्रेसलाई पहिलो पार्टी बनाउन गठबन्धन गर्नेहरू कसरी बाम भए ? उनको प्रश्न थियो ।
उनले केपी ओलीले गरेको संसद् विघटन प्रतिगमन नभएर तत्कालीन नेकपाको बहुमत पक्षले गरेको निषेधबाट बाँच्नका लागि चालिएको बाध्यात्मक कदम रहेको बताए ।

महासचिव मैनालीले गठबन्धनको छाता ओढेर कांग्रेसको बहुमत सरकार बनाउने र असार ६ गते रोकेको एसपीपी अर्को नाममा आउने सुनिश्चित रहेको दाबी गरे । उनले देशलाई जोगाउने हो भने केपी ओलीले नेतृत्व गर्नुपर्ने बताए । उनले प्रचण्ड माधवहरूले विदेशी गुहारेर परमादेशबाट गठबन्धनको प्रधानमन्त्री बनाएको आरोप लगाए ।


Published :१७ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media