शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित

राष्ट्रपाटी न्युज

१९ श्रावण २०७९

काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित भएको बताए ।

आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित गर्ने प्रचलन छ ।


Published :१९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media