१० अंकले बढ्यो शेयर बजार

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १० अंकले बढेको छ ।

आइतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो । आइतवार कारोबार आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये लाइफ इन्स्योरेन्स उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा जीवनबीमा उपसमूहको शेयर मूल्य ०.५ प्रतिशतले घटेको छ । होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ ।

नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै,तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयरमूल्य ६.११ प्रतिशतले बढेको छ ।

यता नयाँ सारथी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ । आइतवार शिवम सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media