काठमाडौं क्षेत्र नं ५(ख)मा दिपक निरौला कम्फ़र्टेबल जोनमा

राष्ट्रपाटी न्युज

२२ श्रावण २०७९

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ५ पनि बिबिध कारण चर्चामा छ। नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल निर्वाचित भएको क्षेत्र भएरपनि यो क्षेत्र चर्चित बन्न पुगेको हो। त्यसैगरि यस निर्बाचन क्षेत्रको प्रदेश (ख) पनि आफैमा चर्चित छ किनकि यस क्षेत्रमा नेकपा एमाले बागमती प्रदेश संसदीय दलका सचेतक एबम काठमाडौं जिल्ला अध्यक्ष दिपक निरौला निर्वाचित भएका थिए।

काठमाडौं महानगरपालिकाका १ ,टोखा नगरपालिकाका ६ र बुढानिलकण्ठ नगरपालिकाका ५ वटा वडा यस निर्वाचन क्षेत्रमा रहेका छन्। तिन स्थानीय तहका १२ वटा वडा रहेको काठमाण्डौ क्षेत्र नं ५ (ख ) मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष पदका उम्मेदवारहरुले प्राप्त गरेको मतका आधारमा नेकपा एमाले बलियो देखिएको छ। जम्मा १२ वटा वडा मध्य ९ वटा वडामा नेकपा एमालेका वडाध्यक्ष विजयी भएका छन् भने दुई वटामा नेपाली कांग्रेस र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी बनेका छन्।

यस निर्वाचन क्षेत्रमा रहेका तिन वटा वडामा विजयी बनेका नेकपा एमालेका वडाध्यक्ष उम्मेदवारहरुले कुल ११,९०४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवारहरुले कुल १०,०२६ मत प्राप्त गरेका छन्। यस प्रदेससभा क्षेत्रमा नेकपा एमाले १,८१८ मतले नेपाली कांग्रेस भन्दा अगाडी रहेको छ।

त्यस्तै यस क्षेत्रका राप्रपाका वडाध्यक्ष उम्मेदवारहरुले कुल १,६२८ मत प्राप्त गरेका छन् भने नेकपा एसले १,७५३ र नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले ७९० मत प्राप्त गरेका छन्।

२०७४ सालको निर्वाचनमा काठमाण्डौ क्षेत्र नं ५ (ख ) बाट नेकपा एमालेका दिपक निरौला १३,८७९ मत प्राप्त गरेर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रमेस कुमार खड्काले ९,५२४ मत प्राप्त गरेका थिए।

अहिले नेपाली कांग्रेस ,नेकपा एस र माओबादी केन्द्रको बिचमा गठबन्धन बन्ने स्थिति सिर्जना भएमा वडाध्यक्षहरुले पाएको मतको आधारमा गठबन्धनको जम्मा मत १२,५६९ हुन आउँछ भने नेकपा एमाले एक्लैको मत ११,९०४ रहेको छ। यसरि हेर्दा गठबन्धन ६६५ मतले अगाडी देखिन्छ तर नेकपा एमालेले राप्रपा लगायतका साना दलसंग गठबन्धन गर्ने सम्भावना तेतिकै छ। त्यसो भएमा राप्रपाका वडाध्यक्षहरुले प्राप्त गरेको १,६२८ मत जोड्दा १३,५३२ हुन आउँछ। त्यसो गर्दा एमाले राप्रपा गठबन्धन ९६३ मतले अगाडी हुने देखिन्छ।

अहिलेको यो आंकलनलाइ हेर्ने हो भने त्यस क्षेत्रका सम्भावित एमाले उम्मेदवार दिपक निरौला कम्फ़र्टेबल जोनमा देखिन्छन्। त्यस क्षेत्रमा धेरै स्वतन्त्र उम्मेदवारी समेत घोषणा भएका छन्। त्यस कुराले जनताको मतलाई कतिको असर गर्छ भन्ने कुरा अहिले आंकलन गर्न सक्ने अबस्था छैन। बाँकी सबै समयको गर्वमा छदै छ।


Published :२२ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media