युवा संघले टुंग्यायो केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन (सूचीसहित)

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन टुंग्याएको छ ।

युवा संघका अध्यक्ष किरण पौडेलले जारी गरेको विशेष सर्कुलरमा प्रदेश र जिल्लाको इन्चार्ज र सहइन्चार्ज टुंग्याएको उल्लेख गरिएको छ ।

४९१ सदस्यीय केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन पनि भएको छ ।

साउन १४ र १५ गते बसेको बैठकले १७ सदस्यीय केन्द्रीय पदाधिकारीसहित ४९१ सदस्यीय केन्द्रीय कमिटी बनाएको हो ।

जसमा अध्यक्ष, ९ जना उपाध्यक्ष, १ जना महासचिव, २ जना उपमहासचिव र ४ जना सचिव रहेका छन् । युवा संघले ४५ जनाको स्थायी कमिटी पनि बनाएको छ । स्थायी कमिटीलाई भने पछि पूर्णता दिने अध्यक्ष किरण पौडेलले जानकारी दिएका छन् ।

जिल्ला इन्चार्ज र सहइन्चार्जको सूची

 


Published :२४ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media