एमाले बूढानिलकण्ठद्वारा ३० हजार बढी हस्ताक्षर भोलि प्रधानमन्त्रीलाइ बुझाइने

राष्ट्रपाटी न्युज

२४ श्रावण २०७९

काठमाडाैं । नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको सबै वडामा महँगी र भ्रस्टाचार विरुद्ध हस्ताक्षर संकलन अभियान सम्पन्न भएको छ। उक्त अभियानबाट प्राप्त हस्ताक्षरहरु भोलि साउन २५ गते वडाध्यक्ष मार्फत प्रधानमन्त्रीलाई बुझाइने नेकपा एमाले बूढानिलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदिप डंगोलले जानकारी दिएका छन् । नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीले आव्हान गरेको अभियानमा जनताको उत्साहप्रद सहभागिता रहेको उनले बताएका छन् ।

साउन २०,२१ र २२ गते वडा कमिटीहरुले विभिन्न स्थानमा संकलन गरेको ३० हजार भन्दा बढी नगरवासीको हस्ताक्षर भोलि सबै १३ वटा वडा कार्यालयमा बुझाउने योजना रहेको बताइएको छ।

भोलि बिहान ११ बजे वडा कमिटीको आयोजनामा ज्ञापनपत्र बुझाउने कार्यक्रममा सहभागी बन्नका लागि सम्पूर्ण नगरवासीमा डंगोलले अनुरोध गरेका छन्।


Published :२४ श्रावण २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media