एमालेमा थपिए चार केन्द्रीय सदस्य

राष्ट्रपाटी न्युज

२६ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले थप चारजनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ । च्यासलमा बसेको सचिवालय बैठकले जीवन गौतम दाङ, बृजेशकुमार गुप्ता (कपिलवस्तु), धर्मदत्त देवकोटा (स्याङ्जा) र अमृत राजवंशी झापालाई केन्द्रीय सदस्य मनोनीत गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

एमालेले बाग्लुङका नवराज पौडेललाई केन्द्रीय सल्लाहकार सदस्य मनोनीत गरेको छ । उनी नेपाली कांग्रेसका महासमिति सदस्य त्यागेर एमाले प्रवेश गरेका थिए ।


Published :२६ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media