निहारिका राजपुतलाई तत्काल न्याय दिन एमालेको माग

राष्ट्रपाटी न्युज

२९ श्रावण २०७९

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गरेकी छन् ।

आइतवार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारसँग यस्तो माग राखेकी हुन् । उनले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन् ।

सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बेलामा सरकार हराएर खोज्नुपर्ने अवस्था आएको बताइन् । उनले निहारिका नारीको अस्मितालाई खेलौनाको रुपमा हेरी रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्यले न्याय दिन नसकेको दाबी गरिन् ।

सांसद पालले निहारिका राजपुत आफू माथि भएको बलात्कार र बलात्कार स्वरुपमा जन्मिएको सन्तान दुवैको न्यायका लागि पटक-पटक अनसन बस्दा समेत सरकारले डिएनए परीक्षण नगर्नु पीडितलाई अझै पीडा दिनु भएको बताइन् । उनले निहारिका र निर्मला पन्त जस्ता छोरीहरुले न्याय कहिले पाउने सरकार भन्दै प्रश्न गरेकी छन् ।

सांसद पालले अहिले महिला आफ्नै घर, समाज र बाटोमा समेत सुरक्षित नभएको दाबी गरिन् । उनले बलात्कारबाट पीडितले ढिलो न्याय पाउनु नपाउनु सरह भएको भन्दै निहारिका र अवोध बालकले अहिले नपाएको अधिकार कहिले पाउने सरकारलाई प्रश्न गरिन् । सांसद पालले यस्तो संवेदनशील कुरामा सरकार टुलुटुलु हेरेर बसेको आरोप लगाइन् ।


Published :२९ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media