एमाले अध्यक्ष ओलीकी श्रीमती राधिका शाक्यको जन्मदिन मानवसेवामा

राष्ट्रपाटी न्युज

३० श्रावण २०७९

काठमाडौं । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले मानवसेवा आश्रममा जन्मदिन मनाएकी छिन् । मानवसेवा आश्रमको संरक्षक समेत रहेकी शाक्यले नागार्जुन नगरपालिकामा रहेको आश्रमको शाखामा आइतबार बेलुका जन्मदिन मनाएकी हुन् ।

शाक्यले जन्मदिनको अवसरमा मानवसेवा आश्रमको संरक्षणमा रहनुभएका लक्ष्मीनारायण र बालगोपालहरुलाई भोजन गराउनका लागि ५२ हजार योगदान गरिन् ।

उक्त कार्यक्रम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा भएको थियो । उनले आश्रममा आश्रितहरुलाई आफ्नै हातले भोजन गराएका थिए ।

कार्यक्रममा बूढानिलकण्ठ नगरपालिकाका उपप्रमुख अनिता लामा, नागार्जुन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरी प्रसाद ढकाल, मानवसेवा आश्रमका अभिभावक एवं बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष माननीय सुरेशमान श्रेष्ठ, नागार्जुन नगरपालिकाका प्रशासन विभाग प्रमुख नारायण तिमल्सिनालगायत मानवसेवा आश्रमलाई प्रेम गर्ने सहयोगी शुभेच्छुक महानुभावहरुको उपस्थिति रहेको थियो ।

मानवसेवा आश्रमले सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर) सडकआश्रित मानवहरुको उद्धार, उपचार, पारिवारिक पुनर्मिलन एवं पुनर्मिलन हुन नसकेकाहरुको लालनपालन र संरक्षण गर्दै आइरहेको छ ।

आजको दिनसम्म आइपुग्दा करिब ७५०० जनाको उद्धार गरिसकेको छ भने आजको दिनमा सातै प्रदेशको १९ जिल्लाको २३ वटा सेवा केन्द्रमा गरी करिब १५०० जना विभिन्न उमेर समूहका व्यक्तिहरु संरक्षित रहेका छन् ।


Published :३० श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media