देउवाले श्रीमती र सालाहरू अगाडि सारेर भ्रष्टाचार गरिरहेको एमाले अध्यक्ष ओलीको आरोप

राष्ट्रपाटी न्युज

३१ श्रावण २०७९

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीमती र सालाहरू अगाडि सारेर देशमा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।

अखिल नेपाल महिला सङ्घले मङ्गलवार काठमाडौँमा आयोजना गरेको ‘युवा महिला र राजनीति’ विषयक विचार गोष्ठीमा बोल्नुहुँदै अध्यक्ष ओलीले श्रीमती, सालाहरूलाई अगाडि सारेर देशलाई दुःख दिएर पोलिटिक्स नहुने बताए ।

अध्यक्ष ओलीले सत्तारुढ दलका नेताहरूले राजनीति नगरेको उल्लेख गर्दै त्यसका विरुद्ध लड्न पनि सबैलाई आह्वान गरे ।  राजनीति देशका लागि, जनताका लागि, विश्व शान्ति र मानव जातिको हितका लागि हुनुपर्ने भन्दै उनले त्यसको पक्षमा आफूहरू दृढतापूर्वक उभिरहेको दाबीसमेत गरे । व्यापारीका प्रतिनिधिलाई ल्याएर करको दर हेरफेर गरेपछि राजनीतिमा घृणा भाव जागृत भएको उनले बताए ।

राजनीतिमा सहभागी भएर असाधारण योगदान गरिरहेको भन्दै अध्यक्ष ओलीले महिलाहरूको प्रशंसासमेत गरेका थिए ।

 


Published :३१ श्रावण २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media