घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । भदौ महिनाको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य ५ सयले घटेको छ ।

मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ९६ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media