बन्चरेडाँडामा आज पनि स्थानीय र प्रहरीबीच झडप

काठमाडौं । बन्चरेडाँडामा आज पनि झडप भएको छ । स्थानीयको विरोधको बाबजुत प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि झडप भएको हो ।

फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको स्थानीयले बताए ।

स्थानीयका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए । सो क्रममा प्रहरीले झडप भएको बताइएको  छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले डाँडामा चढेर डुँगा हान्न थालेका छन् ।

फोहोरको गाडीको सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

मंगलबार प्रहरीले बल प्रयोग गरेर १८६ गाडी फोहोर फालेको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media