काठमाडौं क्षेत्र नं ४ (ख) मा नेपाली कांग्रेसका नेता रामकृष्ण केसीको दावी

काठमाडौं । सरकारले आगामी मङ्सिर ४ गते आमनिर्वाचनको घोषणा गरे संगै देशभर निर्वाचनको माहोल तातेको छ । काठमाडौं जिल्लाको क्षेत्र नं ४ पनि बिबिध कारण विशेष चर्चामा छ। नेपाली कांग्रेसका महामन्त्री गगन थापा र नेकपा एमालेका स्थाई कमिटि सदस्य डा राजन भट्टराई बीच रोचक प्रतिष्पर्धा हुने करिव निश्चित भएर पनि होला, यस क्षेत्रमा चुनावी रौनक बढी नै देखिएको छ। संघीय साम्सदको लागि मात्र होइन, प्रदेश सभामा समेत दावेदारहरुको लिष्ट लामो बनेको छ।

यसैबीच नेपाली कांग्रेसका नेता रामकृष्ण केसीले काठमाडौं क्षेत्र नं ४ (ख) मा आफ्नो शसक्त दावेदारी प्रस्तुत गरेका छन् । गठबन्धन बन्ने स्थितिमा के हुन्छ थाहा नभएको भन्दै उनले गठबन्धन नबन्दा आफू प्रदेश सभाको लागि यस क्षेत्रमा शसक्त उम्मेदवार रहेको बताएका छन्। यस प्रदेश क्षेत्रमा एमाले विरुद्व सबैभन्दा धेरै मत ल्याउने दावी गर्दै उनले स्थानीय निर्वाचनको नतिजा सुधार्न सक्ने ल्याकत आफूसंग भएको दावी गरेका छन्।

आगामी मंगसिर ४ गते हुने निर्वाचनमा गठबन्धन हुने र टिकट भने एकीकृत समाजवादीका कुशुम कार्कीले पाउने भन्ने चर्चाले नेपाली कांग्रेसका स्थानीय नेताहरु चुपचाप रहेको समयमा कांग्रेस महासमिति सदस्य समेत रहेका केसीले दावी प्रस्तुत गरेका हुन्।

नेपाली कांग्रेसका नेता रामकृष्ण केसी २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक कपन गाविस वडा नं ४ को वडाध्यक्ष रहेका थिए भने २०५८ साल देखि २०६३ सालसम्म नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ४ को क्षेत्रीय उपसभापति रहेका थिए। त्यसैगरि २०४९ साल देखि २०५८ सालसम्म साविक कपन गाउँ इकाई समितिको सभापतिको जिम्मेवारी समेत उनले बहन गरेका थिए। राजनीति ,खेलकुद र समाजसेवामा सक्रिय रहेका केसी नेपाल ह्यान्डबल संघका केन्द्रीय कार्यबाहक अध्यक्ष समेत हुन् ।


Published :१ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media