नागरिकता विधेयकको विरोधमा नेमकिपाको विरोध जुलुस

काठमाडौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गरेको छ ।

कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँ बानेश्वरमा पुगेको थियो । जुलुसमा नेता कार्यकर्तादेखि विद्यार्थीसमेत सहभागी थिए । कलेज ड्रेसमै विद्यार्थी नागरिकता विधेयकको विरुद्धमा लेखिएको प्ले कार्डसहित उपस्थित थिए ।

उनीहरुले अमेरिकी साम्राज्यवाद मुर्दावाद, भारतीय विस्तारवाद मुर्दावाद, देशघाती नागरिकता विधेयक राखेज गर् आदि लेखिएका प्ले कार्ड बोकेका थिए ।

पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज उठाउँदै आएको छ । उसले नागरिकता विधेयक खारेजीको माग गर्दै आएको छ। विदेशी महिलाले बिहे गरेलगत्तै नागरिकता पाउने भन्दै नेमकिपाले विरोध गर्दै आएको छ । विधेयक आज संसदबाट पास गर्ने तयारी छ ।


Published :२ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media