प्रतिनिधिसभाबाट नागरिकता विधेयक जस्ताको तस्तै पारित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता सम्बन्धी विधेयक दोस्रोपटक पारित भएको हो । अघिल्लोपटक पारित भएको विधेयकलाई राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाएपछि संसदमा पक्ष र विपक्षमा मतदान भएको थियो । अन्ततः विधेयक जस्ताको तस्तै पारित गरिएको छ ।

सभामुख अग्नी सापकोटाले विधेयकको पक्ष र विपक्षमा मतदान गराएका थिए । एमाले सांसदहरुले विपक्षमा मतदान गरे भने सत्तारुढ दलका सांसदहरु पक्षमा उभिए ।

सभामुख अग्नि सापकोटाले विधेयकको पक्षमा १३५ मत र विपक्षमा ६० मत परेको भन्दै नागरिकता विधेयक बहुमतबाट पारित भएको गरे ।

यसअघि सो विधेयकबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री बालकृष्ण खाँणले सो विधेयक अव रोकेर राख्न सक्ने अवस्था नरहेको बताएका थिए ।

गृहमन्त्री खाँणले सरकारले सो विधेयक संविधान अनुकूल हुने गरी ल्याएको दावी गरे । प्रतिनिधिसभाको अर्को बैठक भदौ ५ गते आईतबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

 


Published :२ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media