काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गरेर जनताले एमालेलाई बहुमत दिने बताएका छन् । उनले सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताए ।
गृहनगर दमकमा शुक्रबार स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले विश्वास नगर्ने दाबी गरे ।
भ्रष्ट नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने दाबी गर्दै उनले देखिएका गठबन्धनमा जनता सहभागी नभएकाले उनीहरु पराजित हुने जिकिर गरे ।
सरकारले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउँदो ४ मंसिरमा गर्ने निर्णय गरेपछि गृहजिल्ला झापा पुगेका अध्यक्ष ओलीले चुनावपछि एमालेको सरकार बन्ने दाबी गरे ।
जनताले भ्रष्ट नेताहरुको गठबन्धनलाई पराजित गर्ने र एमालेलाई बहुमत दिने बताउँदै ओलीले चुनावपछि एमालेकै सरकार बन्ने विश्वास व्यक्त गरे ।