बाँकेमा ४.८ म्याग्नेच्युडको भूकम्प

काठमाडौँ । बाँके केन्द्रविन्दु भएर भूकम्प गएको छ । बाँकेमा केन्द्रविन्दु भएर शुक्रबार राति १:२८ बजे ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म धक्का महसुस भएको थियो । स्थानीयले भूकम्पको धक्का महसुस गरेको बताएका छन् । यसअगाडि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.२ म्याग्नेच्युडको भूकम्प गएको थियो ।


Published :भदौ ४, २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media