गठबन्धनले जिते देश २५ वर्ष पछि धकेलिन्छः टोपबहादुर रायमाझी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश थप २०/२५ बर्ष पछि धकेलिने टिप्पणी गरेका छन् ।

चितवनको भरतपुरमा शनिबार प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव रायमाझीले एमालेविरुद्ध बनेको गठबन्धनले निर्वाचनमा जितेमा देश अहिलेकै जस्तो हालतमा पुग्ने र नेपाली जनता थप निराश हुनुपर्ने अवस्था आउने बताए ।

उनले एमालेविरुद्ध अरु पार्टीहरु अस्तित्व रक्षाका लागि गठबन्धन गरेर आउन लागेको बताए ।

आफूलाई वामपन्थी भन्ने पार्टीहरू कांग्रेसलाई ठूलो पार्टी बनाएर अस्तित्व रक्षामा लाग्नु दुःखद भएको भन्दै एमाले सचिव रायमाझीले भने ‘आफ्नै पार्टीको नेतृत्वको सरकारलाई गिराएर विपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाउने प्रवृत्तिलाई के भन्ने,  कम्युनिष्टको भोटले जित्ने, पार्टीको प्रधानमन्त्री बनाउने अनि गिराउने, दुनियाँमा यस्तो कहीँ पाइँदैन, पूँजीवादी विचार बोकेर समाजवादमा पुग्न सकिदैन ।’ अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै सचिव रायमाझीले जसरी भए पनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाए ।


Published :४ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media