निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही गर्न नसक्ने केपी ओलीको दाबी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन नामको झुसे बारुलोले एमालेलाई असर पार्न नसक्ने टिप्पणी गरेका छन् । अखिल नेपाल महिला संघ झापाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै ओलीले निरङ्कुश राजतन्त्र फाल्ने एमालेलाई गठबन्धनले केही पनि गर्न नसक्ने दाबी गरेका हुन् ।

‘अरिङ्गाल र बच्छ्युँ खाने एमालेलाई झुसे बारूलाले जस्तो सुकै गठबन्धन केही फरक पर्दैन’ ओलीको भनाइ छ । उनले एमालेको लागि झापा मक्कामदिना जस्तै भएको बताए। झापा एमालेको उद्गमस्थल भएको स्मरण गर्दै उनले भने ‘यो सहिद भूमि हो, यो चेतनाको भूमि हो, झापा विद्रोहको भूमि भएकोले त्यो सन्देश झापाली महिलाले आउने निर्वाचनमा दिनुपर्छ ।’

उनले एमाले ठिक हो कि होइन भन्ने दुविधा पाल्न नहुने बताए । नारी शक्ति उठेर सबै खाले गठबन्धनलाई परास्त गर्नुपर्ने उनको भनाइ छ। महिलाहरू दृढताका साथ पार्टीको पक्षमा उभिएका र अब पनि महिलाहरू पार्टीको निर्णय र गन्तव्यको पक्षमा उभिनु पर्ने उनले बताए ।

यो पार्टीलाई जोगाएर यहाँसम्म ल्याउने, पार्टी बचाउने खास गरी भन्ने हो भने महिला दिदीबहिनी हो । युवाहरूले बचाउनुभएको हो’ उनको भनाइ छ ।


Published :४ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media