गिरीको निधनबाट नेपालले एक असल नेता गुमायोः प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन् । उनले गिरीको निधनको खबरले आफू निकै स्तब्ध भएको बताए ।
शनिबार राति ट्विटमार्फत उनले गिरीको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
गिरीको शनिबार राति साढे ९ बजे निधन भएको हो । उनको ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७५ वर्षका गिरी घाँटीको क्यान्सरबाट पीडित थिए ।
उनको निधनसँगै विभिन्न नेता, शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।


Published :५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media