भारतको हिमाञ्चल प्रदेशमा बाढीपहिरो, २२ जनाको मृत्यु

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी २२ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी मण्डी जिल्लामा १३ जनाको मृत्यु भएको छ ।

राज्यमा मनाली–चण्डिगढ राष्ट्रिय राजमार्गसहित ७४३ सडक बन्द भएका छन् । शिमला–चण्डीगढ राजमार्ग शोगी नजिक बन्द भएको छ ।

बाढीका कारण पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको राज्य विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । नौ जना घाइते भएका छन् भने ६ जना बेपत्ता छन् । मण्डीका उपायुक्तले जिल्लामा १३ जनाको मृत्यु भएको र पाँचजना बेपत्ता रहेको बताए ।

समाचार एजेन्सी एएनआईका अनुसार हिमाचल प्रदेशका मुख्यमन्त्री जयराम ठाकुरले मृतकका परिवारलाई सरकारका तर्फबाट क्षतिपूर्ति दिने घोषणा गरेका छन् । (बीबीसी)


Published :५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media