मित्र गिरीको निधनबाट मर्माहत भएको छुः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेता तथा सांसद प्रदीप गिरिको निधनबाट मर्माहत भएको बताएका छन् ।
उनले लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’
घाँटीको क्यान्सरबाट पीडित गिरिको ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा गए राति साढे ९ बजे निधन भएको थियो ।
गिरिको पार्थिव शरीर बिहान ९ बजेदेखि ११ बजेसम्म अस्पताल परिसरमा तथा ११:३० देखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र पशुपति आर्यघाटमा अन्त्येष्टि गर्न लगिने नेपाली कांग्रेसले जनाएको छ ।


Published :५ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media