थप २८६ जनामा कोरोना संक्रमण, ४७९ जना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २८६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् भने कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८१६ जनाको पीसीआर परीक्षणमा २०२ जना र १ हजार ६०७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २८६ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ४७९ जना निको भएका छन् भने हाल देशभर ४ हजार ३४८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ४ हजार १५५ जना होम आइसोलेसनमा रहेका छन् भने १९३ जना संस्थागत आइशोलेशन र ५१ जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।


Published :५ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media