अमेरिकाले नेपाललाई १५ मिलियन डलर अनुदान दिने

काठमाडौँ । विश्व खाद्य संकटको सम्बोधन गर्न अमेरिकाले नेपाललाई १५ मिलियन अमेरिकी डलर अनुदान दिने घोषणा गरेको छ ।

अमेरिकाले नेपालसहित विश्वका ४७ मुलुकहरुलाई खाद्य, रासायनिक मल र इन्धनको मूल्य महंगिएसँगै त्यसबाट बढ्दो गरिबी, भोक र कुपोषणबाट बँच्न सहयोग रकम प्रदान गर्ने जनाएको छ ।

अमेरिकाले विश्व खाद्य संकटको लागि २.७६ बिलियन अमेरिकी डलर अमेरिकी सहयोग नियोग (यूएसएआईडी) मार्फत् सहयोग गर्ने निर्णय गरेको थियो । सोही कार्यक्रम अन्तर्गत यूएसएआईडीमार्फत् नेपालले १५ मिलियन अमेरिकी डलर पाउन लागेको हो ।

उक्त सहयोग रुसले युक्रेनमाथि गरेको युद्धको कारण बढ्दै गरेको संकटबाट नेपालका प्रभावित मानिसलाई सहयोग गर्न दिइएको अमेरिकी राजदूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

 


Published :६ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media