कार्यदल संयोजक सिटौलालाई कोरोना संक्रमण

काठमाडौँ । सत्ता गठबन्धनले आसन्न निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठन गरेको कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा स्वास्थ्य परीक्षण गर्दा उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गए राति १० बजे आएको स्वास्थ्य परीक्षणको रिपोर्टमा संयोजक सिटौलालाई कोरोना संक्रमण देखिएको उनीनिकट स्रोतले जानकारी दिएको छ । सिटौला अहिले धुम्बाराहीको सरस्वती नगरस्थित निवासमा छन् । अस्पताल भर्ना हुने कि घरमै बस्ने भन्नेबारे चिकित्सकसँग सल्लाह भइरहेको जनाएको छ ।

यसअघि मंगलबार कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीका अनुसार संयोजक सिटौला बिरामी भएर अनुपस्थित भएपछि बालुवाटारमा बसेको बैठक स्थगन भएको थियो ।


Published :८ भाद्र २०७९


Copyright : © 2020-2025 All right reserved

Developed by: Abritti Media