आज कोटेश्वरका ट्रस्ट हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको ट्रस्ट हटाउने भएको छ ।

आज बिहीबार बिहान ट्रस्टको सामान हटाउन त्यहाँका व्यवसायी र स्थानीयलाई जानकारी गराइसकेको छ ।

दिउँसोसम्म नहटाए महानगर आफैंले हटाउने जनाएको छ । नक्सा पासबिना सडक नै ढाकेर ट्रस्ट बनाएकोले भत्काउन लागेको महानगरले जनाएको छ ।

यसअघि महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रका अन्डरग्राउन्ड पार्किङमा सञ्चालित पसलहरु, काठमाडौं मल, आरबी कम्प्लेक्स, रञ्जना गल्लीलगायत क्षेत्रका अनधिकृत संरचना हटाएको थियो ।


Published :९ भाद्र २०७९


Copyright : © 2020-2024 All right reserved

Developed by: Abritti Media